Khusi by Bijaya Kumar:
ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् । यो पुस्तकमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरू मात्र छैनन् । साधारण ठानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियालाई लेखकले यसरी केलाएका छन्, पढ्नेहरू छक्क पर्न सक्छन् । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र तिक्खर सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चियाउने एउटा आँखीझ्याल पनि हो । यसमा अध्यात्म छुट्ने कुरै भएन । पढेपछि सजिलै बिर्सन नसकिने खालको पुस्तक हो यो । आखिर जीवनमा खुसीको खोज कसलाई पो नहोला र !विजय कुमार बहुचर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’का प्रस्तोता हुन् । नेपाल साप्ताहिकका संस्थापक सम्पादक रहेका उनी स्तम्भकार पनि हुन् ।
Khusi
₨ 525.00
Author | |
---|---|
Publisher | |
Language | |
Cover |
Keep supporting Sajha Kitab, Your reliable Book Partner
SKU: FB1446
Categories: Motivational & Inspirational, Self-Help
Description
Reviews (0)
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.